जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)
कविलासी – प्रहरीले सर्लाहीको कविलासी नगरपालिका–६, मदनपुरबाट अवैध समानसहित एउटा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले शनिबार साँझ मदनपुरस्थित भित्री बाटोमा भन्सार छलेर ल्याइएको समान लोड गरिएको मधेश प्रदेश–३–००१ ख ९०३३ नम्वरको मिनी ट्रक नियन्त्रणमा लिएको हो । उक्त ट्रकबाट भन्सार छली ल्याइएको चिनी ५६ बोरा (२८ सय केजी), दाल २ बोरा (४० केजी) र विभिन्न प्रकारका कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मिनी ट्रकसहित जम्मा १० लाख ८९ हजार ९० रुपैयाँ बराबरको समानसहित चालक हरिवन नगरपालिका–५, का २५ वर्षीय अजित जि.सि. समेत पक्राउ परेका छन् ।
यस सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।