logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भूकम्पमा अभिभावक गुमाएका १० बालबालिकाको जिम्मा लिने


  • उज्यालो अभियान

घुर्कौली — भूकम्पमा परेर अभिभावक गुमाएका दश बालबालिकाको जिम्मा सर्लाहीस्थित द्वन्द्वपीडित बालगृहले लिने भएको छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परि अभिभावक गुमाएका १० जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्न आफूहरू तयार रहेको द्वन्द्वपीडित बालगृहले जनाएको छ । यसका लागि तिहारपछि संस्थाको एक टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर अभिभावक गुमाएका बालबालिकाको पहिचान गर्ने संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए ।

चेतना सन्देश नेपालबाट सञ्चालित यस बालगृहमा ३५ जना अभिभावक गुमाएका बालबालिका अश्रित छन् । जन आन्दोलन र मधेस आन्दोलनमा अभिभावकविहीन बालबालिकाहरु बालगृहमा बसेर अध्ययन गरिरहेका छन् ।

यो संस्था विभिन्न दाताहरुको सहयोगबाट चलिरहेको संस्थाका संस्थापक आरती लामाले बताइन् ।