logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ग्रामीण नारी उत्थानद्वारा सरोकारवालासँग छलफल


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघले बिहीबार आफूले काम गर्दा जोडिने विभिन्न सरोकारवालासँग छलफल गरेको छ ।

संस्थाले हरिपुर नगरपालिका २ स्थित आफ्नै कार्यालयमा काम गर्ने दौरानमा जोडिने विभिन्न सरोकारवालासँग काम गर्ने प्रक्रिया, नीति नियमलगायतबारे छलफल गरेको हो ।

संस्थाको कामलाई अझ पारदर्शी बनाउने उद्देश्यले विभिन्न साझेदार संघसंस्था र आपूर्तिकर्तासँग छलफल गरिएको संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले जानकारी दिए ।