logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

१५ लाखको पटका नष्ट, चाँदीसहित युवक पक्राउ


  • उज्यालो अभियान

मलंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मितिमा बरामद गरेको पटका बिहीबार नष्ट गरेको छ।

मलंगवा नगरपालिका(८ बाट ठूलो मात्रामा बरामद गरेको पटका बिहीबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले नष्ट गरेको हो ।

१५ लाख ३५ हजार बराबरको पटका बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। भारतबाट लुकाई छिपाई ल्याएको झिरझिरे १५ कार्टुन, फ्लावर पटका ५ कार्टुन, नागिन पटका ६ बोरा, फुलझरी २ बोरा, बुलेट बम, फिस बम लगायतका पटका नष्ट गरिएको छ। पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक प्रवीण धिताल, प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुलगायत भएर पटका नष्ट गरे ।

त्यसैगरी भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको चाँदीका तयार गहनासहित एक जनालाई पक्राउ गरेको छ। १ किलो ९ सय ५० ग्राम चाँदीको तयार गहनासहित भारत सितामढी जिल्ला बसतपुर ग्राम पंचायत ७ का १९ वर्षीय लभ दासलाई पक्राउ गरेको छ।

साइकलमा आउँदै गरेको दासलाई मलंगवा ८ लच्कामा खान तलासी गर्दा कम्मरमा बाँधेको अवस्थामा गहना बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

बरामद गरिएका गहनामा ठूलो सिक्का, सानो सिक्का, हनुमानी, औंठी, पायल, ब्रासलेट, प्लेट, लक्ष्मी गणेशको मूर्ति र सिक्री रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको चाँदीको गहनाको मूल्य २ लाख ३२ हजार रहेको प्रहरीले जनाएको छ।