लालबन्दी – सर्लाहीको लालबन्दीमा बिहीबार भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ लालबन्दी सिटी र लालबन्दी सिटी लियो क्लबको संयुक्त आयोजनामा लालबन्दी ७ स्थित राजमार्ग छेउमा भएको रक्तदानमा ६० जनाले रक्तदान गरेका हुन् । रक्त सन्चार केन्द्र जनकपुरले रगतको अभाव भएको भनी जानकारी गराएपछि आफूहरुले छोटो मितिको तयारीमै रक्तदान कार्यक्रम राखेको लायन्स क्लब अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।
लायन्स क्लबले लालबन्दीमा यसरी बेलाबेलामा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।