बलरा – सर्लाहीको बलरा नगरपालिका वडा नं. १० सुदामामा नेपाली कांग्रेसको ब्यानर दुरुपयोग गरी कार्यक्रम गर्न लागिएको भन्दै आपत्ति जनाइएको छ ।
कांग्रेस ४ नं. क्षेत्रका क्षेत्रीय सचिव वीरेन्द्र महतोले आज (सोमबार) प्रेस विज्ञप्ती जारी गरी कात्तिक २३ गते बिहीबार पार्टीको नगर समिति आयोजक रहेको भनी तीहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम राखिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् । सामाजिक सन्जालको माध्यमबाट कथित रुपमा दिगभ्रमित गर्ने मनासायले सूचना प्रवाह गरिएको विज्ञप्तीमा भनिएको छ ।
गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाएर पार्टीकै उम्मेदवारलाई हराउन लागि परेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएका तत्कालिन जिल्ला कार्य समितिका सदस्य नवीन कुमार सिंह र क्षेत्रीय प्रतिनिधि बालकिशोर सिंह कांग्रेसको ब्यानर दुरुपयोग गरी कार्यक्रम गर्न लागि परेको र सामाजिक सन्जालमा गरिएको सो प्रचारको पछि नलाग्न क्षेत्रीय सचिव महतोले विज्ञप्तीमार्फत अपिल गरेका छन् ।