logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

धुम्म मौसम, विस्तारै चिसो बढ्न थाल्यो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम आज (आइतबार) दिनभर धुम्म भएर बितेको छ ।

अघिल्ला दिनहरुमा यस क्षेत्रमा घाम लागेर मौसम सफा हुन्थ्यो । तर आज भने दिनभरकै मौसम धुम्म भएर बित्यो । तुँवालो लागेर नजिकैको दृश्य समेत प्रष्टसँग देखिँदैनथ्यो ।

दिनभर पानी पर्लाजस्तो भई मौसम धुम्मिएपनि पानी पर्न सकेन । यस क्षेत्रमा ठीक एक महिनाअघि मध्य असोजमा वर्षा भएको थियो ।

मौसममा आएको बद्लीसँगै विस्तारै चिसो बढ्दै छ । दिनभर घाम लागेर केही मात्रामा गर्मी नै रहेपनि साँझ–बिहान तथा रातको समयमा चिसो पसिसकेको छ ।

गर्मी कम भई चिसो बढ्दै गइरहेको अहिलेको मौसममा चिसोजन्य संक्रमण बढ्ने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।