logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा ३२६ जनाको निःशुल्क आँखा परीक्षण, ७७ जनामा मोतिया बिन्दुको अप्रेसन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाको अगुवाईमा वडा नं. १० सुखेपोखरीमा आयोजना गरिएको ३ दिने शिविरमा ३२६ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

नगरपालिकाले बालपोषण योजना र गौर आँखा अस्पतालसँग प्राविधिक सहयोग लिएर संचालन गरेको आँखा शिविरमा कूल ३२६ जनाले निःशुल्क आँखा परीक्षण र उपचार सेवा लिएका हुन् । त्यसमध्ये ८४ जनामा मोतिया विन्दु फेला परेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

ती ८४ जनामध्ये पनि ७७ जनाले निःशुल्क रुपमा मोतिया विन्दुको अप्रेसन समेत गराएका स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले जानकारी दिए । चौधरीका अनुसार बिरामीलाई निःशुल्क चश्मा र औषधि समेत वितरण गरिएको छ ।

हरिवन नगरपालिकाले पछिल्लो समय स्वास्थ्य चौकीमा विभिन्न विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिने तथा यस प्रकारका स्वास्थ्य शिविर आयोजना गर्ने गरिरहेको छ ।