बेलीमाया ।
बागमती – बागमती नगरपालिकास्थित धरहरा निवासी एक मिर्गौला पीडित परिवारले सहयोगको याचना गरेका छन् ।
दुवै मिर्गौला फेल भएर उपचाररत् बागमती नगरपालिका–३ धरहरा निवासी ३८ बर्षिया बेलीमाया बम्जनको आर्थिक अभावमा उपचार रोकिएपछि परिवारले सहयोगको याचना गरेका हुन् । बेलीमायाको विगत केही समययता दुवै मिर्गौमा समस्या देखिएको परिवारले जनाएका छन् ।
आर्थिक अभावले उनको नियमित डाईलासिस गर्न समेत समस्या भएको श्रीमान शेर बहादुर बम्जनले सुनाए । आर्थिक अभावकै कारण बेलीमायालाई अस्पतालबाट घर ल्याएर राख्नु परेको उनको गुनासो छ ।
उनीहरुको आफ्नो नाममा एक धुर जग्गा जमिनधरी छैन्। दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका शेर बहादुरले श्रीमतीको उपचारमा सहयोग पुर्याई दिन अनुरोध गरे ।
‘मैले गरेको दैनिक ज्याला मजदुरीले परिवारको हातमुख जोड्न समेत समस्या छ, उनले भने, म केही नभएको गरिबले श्रीमतीको उपचार कसरी गरौँ ?
‘आर्थिक रुपमा सहयोग गरेर मेरो श्रीमतीलाई थप जिवन दिन सहयोग गरिदिनुहुन सबैमा अनुरोध गर्दछु, उनले भनेका छन् ।
श्रीमतीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा उनी मिर्गौला रोगबाट ग्रसित भएको पत्ता लागेको शेर बहादुरको भनाई थियो । सबै मिलेर गरेको थोरैथोरै सहयोगले पीडितको जीवन रक्षा हुने भएकोले क्षमता अनुसार सहयोग गरीदिन वडाध्यक्ष तिलक मोक्तानले पनि अनुरोध गरेका छन् ।
बेलीमाया बचाउँ अभियानमा संलग्न भएर सहयोग गर्न चाहनेले कान्छी पाख्रिन र बेलीमाया बम्जनको नाममा नेपाल बैँक हरिवन शाखामा रहेको खाता नम्बर १३२०१००७५९८४१५०००००१ मा सहयोग रकम जम्मा गरिदिन सक्ने छन् । पिडित बेलीमायाका एक छोरा र एक छोरी छन् । साथै ९८६१०३९०७८ र ९७४३५८१५३८ मा फोन गरेर पीडित परिवार सगँ सम्पर्क गर्न सकिने छ ।

यसैविच वेलीमाया बचाउ अभियानबाट संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । बिहिवार बागमती नगरपालिका–३ , घरहरा स्थित पिडितको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको अभियानका संयोजक टंक बहादुर बोहरा (सितल) ले जानकारी दिए । उक्त रकम वडा सदस्यद्वय श्रीमान स्याङतान र हिरालाल बम्जनको रोहबरमा बीडित बेलीमायालाई हस्तान्तरण गरिएको हो ।
सहयोग संकलनको लागि संचालित अभियानबाट संकलित एक लाख ७८ हजार ३ सय ६० रुपैया नगद पिडित बेलिमायालाई हस्तान्तरण गरिएको हो । देश तथा बिदेशमा रहेका सहयोगिहरुबाट उक्त रकम संकलन गरिएको हो । सहयोग रकम हाल अमेरिका रहेकी रोशनी बम्जनबाट १५ हजार, श्री जनवाल कल्याण माध्यामिक बिध्यालयका शिक्षक शिक्षिकाको तर्फबाट ११ हजार ४ सय ४५ रुपैया प्राप्त भएको थियो ।
यस्तै बिध्यालयका ब्यवस्थापन समिति सदस्य एवं समाजसेवी टंक बहादुर बोहराको तर्फबाट ५ हजार ५ सय ५०, वडाध्यक्ष तिलक मोक्तानको तर्फबाट ५ हजार ५ सय, सुरुची यूवा क्लवका अध्यक्ष कान्छामान गोलेको तर्फबाट ५ हजार ५, विजय डिमडोङको तर्फबाट ५ हजार, नारायण तिमल्सेनाको तर्फबाट ५ हजार, कार्यपालिका सदस्य रुपा बोम्जनको तर्फबाट ३ हजार, वडा सदस्य श्रीमान स्याङतानको तर्फबाट ३ हजार प्राप्त भएको थियो ।
यस बेलीमाया बचाउँ अभियानमा वडाध्यक्ष तिलक मोक्तान, कार्यपालिका सदस्य रुपा बम्जन, वडा सदस्य सहदेव महतो, हिरालाल स्यांङतान, श्रीमान स्याङतान, नारायण तिमल्सेना लगायतको सकृय भुमिका रहेको अभियानका संयोजक तथा समाजसेवी बोहराले बताए ।
अभियानका अभियन्ता बोहराले अभियानलाई निरन्तारता दिईने बताउदै समाजका सबैलाई जिवन दिने पुण्य काममा सहयोग गरिदिन आग्रह गरे ।