logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

किसानलाई मकैको बिउ र कृषि उपकरण वितरण


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना अन्तर्गत किसानलाई सोमबार मकैको बिउ, औषधि र उपकरण वितरण गरिएको छ ।

बागमती नगरपालिका–१०, शङ्करपुर सोल्टी बजारमा मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा र नगरप्रमुख भरतकुमार थापा भएर किसानलाई बिउबिजन र उपकरण हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नगरपालिका र साना किसान कृषि सहकारी संस्था शङ्करपुरको संयुक्त आयोजनामा मकै पकेट कार्यक्रम सञ्चालन गरिएको छ ।

सोही कार्यक्रम अन्तर्गत किसानलाई अनुदानमा कृषि उपकरण र बिउबिजन वितरण गरिएको नगरपालिकाको कृषि शाखाका हिमाल साहीले जानकारी दिए । नगरपालिका र साना किसान सहकारी संस्थाले पाँच÷पाँच लाख रुपियाँ बेहोर्ने गरी मकै पकेट कार्यक्रम सञ्चालन गरेका छन् ।

नगरपालिकाको कृषि शााखाका अनुसार किसानलाई चार हजार किलो मकैको बिउ, स्पे्र ट्याङकी र किटनाशक औषधि वितरण गरिएको छ । सिँचाईको राम्रो सुविधा रहेको बागमती नगरपालिकाको शङ्करपुर र राजघाट क्षेत्रमा अधिकांश किसानले उन्नत जातको मकै खेती गर्दै आइरहेका छन् ।

साना किसान कृषि सहकारी संस्था शङ्करपुरका अध्यक्ष भूपेन्द्रमान श्रेष्ठको अध्यक्षता, प्रदेश सभा सदस्य कुशवाहाको प्रमुख आतिथ्यता, नगरप्रमुख थापाको विशिष्ठ आतिथ्यता र बागमती नगरपालिका ११ का वडाध्यक्ष प्रदीपकुमार आचार्यको आतिथ्यतामा कार्यक्रम गरिएको कृषि शाखााका साहीले बताए ।