logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दशैँ : सर्लाहीका बजार क्षेत्र सुनसान बने, गाउँघरमा भने चहलपहल


  • उज्यालो अभियान

लमतन्न महेन्द्र राजमार्ग सँगै हरिवन बजारकाे पश्चिमी क्षेत्र । (तस्बिर : टंक बहादुर क्षेत्री/उज्यालाे अभियान)

लालबन्दी – दशैँले गर्दा सर्लाहीको ग्रामीण भेगमा चहलपहल बढेको छ ।

वैदेशिक रोजगारीमा बसेकाहरु स्वदेश फर्किएका र अध्ययन तथा कामको शिलशिलामा राजधानी काठमाण्डौंसहित विभिन्न शहरमा गएकाहरु दशैँ मनाउन गाउँ आएकाले चहलपहल बाक्लिएको हाम्रा संवाददाताहरुले जनाएका छन् । तर, बुढापाकाले धेरै युवा वैदेशिक रोजगारीमा गएका र सँस्कृति अंगाल्ने क्रम हराउँदै गएकाले दशैँमा पहिले जस्तो रमाईलो हुन छाडेको बताउँछन् ।

दशैँमा खेलिने लिंगे पिङ कतैकतै मात्रै देखिन्छ । फूलपातीको दिनसम्म अत्यधिक भिडभाड देखिएका यहाँका लालबन्दी, हरिवन, बरहथवा, बयलवासलगायतका बजार अहिले सुनसान बनेका छन् । व्यापारी पनि पसलका सर्टर बन्द गरेर दशैँ मनाउन गाउँका पुराना घर पुगेका छन् । पूर्व–पश्चिम राजमार्गमा गाडीको चाप घट्दो छ ।

काठमाण्डौँसहितका सहरबाट घर आउनेक्रम भने आज रातिसम्म नै जारी रहन्छ । बस तथा साना गाडीले भ्याईनभ्याई गरी यात्रु ओसारी रहेका छन् ।