logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बिहान-बेलुका बढ्न थाल्यो चिसो, चाडपर्व आएको झल्को दिने मौसम


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीसहित तराईका जिल्लाहरुमा केही दिनदेखि बिहान–बेलुका चिसो बढ्न थालेको छ ।

दिनभर घाम लागेर केही मात्रामा गर्मी नै भएपनि बिहान बेलुका र रातको समयमा भने चिसो पस्न थालेको हो । राति शित परेर छपक्क हुन्छ । दिउँसोपख चाडबाड आएको झल्को दिने गरी घाम लाग्ने गरेको छ । यो वर्ष चैत, बैशाखदेखि नै तराईवासीले अत्यधिक गर्मी खेपे ।

जेठ, असारमा तातो हावाको मार पनि खेप्नु पर्यो । अहिले भने विस्तारै चिसो पस्न थालेर गर्मी कम भएपछि स्थानीयले राहत महसुस गरेका छन् । अहिले सबैतिर दशैँको चहलपहल छ ।

यो बेला गर्मी घटेर चिसो पस्दै जाँदा मौसम परिवर्तनको बेला हुने स्वास्थ्य समस्या देखिने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जिल्लामा अहिले भाईरल ज्वरोको संक्रमण कायम नै छ ।