logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा पनि सेनाले फूलपाती भित्र्यायो


  • उज्यालो अभियान

नवलपुर – नेपाली सेनाले आज सर्लाहीमा पनि फूलपाती भित्र्याएको छ ।

नवलपुर पाँचकुमारीस्थित भैरवी दल गणले ब्याण्डबाजासहित नवलपुरको दुर्गा मन्दिर तथा लालबन्दीको डुमडुमे र दुर्गा मन्दिरबाट फूलपाती भित्र्याएको गणपति सूर्यबहादुर कार्कीले जानकारी दिए ।सेनाले फूलपातीको दिन वर्षेनि यसरी ब्याडबाजासहित यि मन्दिरबाट फूलपाती भित्र्याएर हर्षबढाई गर्ने गरेको छ ।

यि मन्दिरबाट फूलपाती भित्र्याएर गणमा निशान पूजा गरिएको गणपति कार्कीले बताए । सेनाको ब्याडबाजासहितको सो कार्यक्रममा आफूहरु समेत सहभागी भएको लायन्स क्लब अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले बताए ।

यसैबीच, आज दशैँको फूलपाती । देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइएको छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।