कविलासी – सर्लाहीको कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्णले शुक्रबारबाट ‘सब बिरामीके एक दबाई, घरके राखु सरसफाई’ अभियानको प्रारम्भ गरेकी छन् ।
सरसफाईमा पछाडि परेको यस नगरमा सरसफाई गर्ने बानीको विकास तथा यस्ता अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले उपमेयर कर्ण आफैले अगुवाई गरेर अभियानको प्रारम्भ गरेकी हुन् ।
उपमेयर नगर सरसफाई अभियान–२०८० नाम दिइएको यो अभियान अन्तर्गत आगामी कात्तिक १८ गतेसम्म अगर्वा, कविलासी, सिर्सिया, पिपरिया, रनिया, मदनपुर, हेमपुरलगायत प्र्रत्येक गाउँमा सरसफाई गरिने उल्लेख छ ।
अभियानको शुक्रबार मेयर ब्रम्हदेव राय, उपमेयर कर्णलगायतले अगर्वास्थित भगवती मन्दिरमा उद्घाटन गरे ।