logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रुखबाट लडेर थलिएका सोमबहादुरलाई खाद्यान्न सहयोग


  • उज्यालो अभियान

नारायणखोला – सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ नारायण खोलामा ६ महिनाअघि रुखबाट लडेर घाइते भएका एक जनालाई खाद्यान्न सहयोग गरिएको छ ।

गएको बैशाख १० गते घाँस काट्नेक्रममा रुखबाट लडेर घाइते भएका साबिक नारायण खोला गाविस ९ बस्ने सोमबहादुर दोङलाई वैदेशिक रोजगारको शिलशिलामा क्रो–एशियामा रहेकी नारायण खोलाकै पूजा दोङले सहयोग गरेकी हुन् ।

दोङले आफ्नो छोरा दावा लामाको सु–स्वास्थ्यको कामना गर्दै पठाएको १० हजारबाट सोमबार नारायण खोलाकै रामबहादुर मोक्तानले खाद्यान्न खरिद गरी सोमबहादुरको घरमै पुगेर हस्तान्तरण गरेका छन् ।

सोमबहादुरका बुवा छेवाङ दोर्जे, श्रीमती फूलमायालगायतलाई घरमा पुगेर खाद्यान्न प्रदान गरिएको कार्यक्रममा सहभागी स्थानीय युवा रोशन दोङले जानकारी दिए ।