logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सामाजिक सद्भाव कायम गर्न लालबन्दीमा क्रियाशील राजनीतिक दलको अपिल


  • उज्यालो अभियान

लालबन्दी बजार ।

लालबन्दी – सर्लाहीको लालबन्दीमा शुक्रबार यहाँ क्रियाशील प्रमुख राजनीतिक दलको बैठक बसेर सामाजिक सद्भाव कायम गर्न अपिल गरिएको छ ।

सदरमुकाम मलंगवा र आसपासका क्षेत्रमा सामाजिक सद्भाव बिथोल्ने गरी भएको प्रदर्शनलाई लक्षित गरी यहाँ क्रियाशील नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त अपिल जारी गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन् । बैठकले लालबन्दी नगरपालिकालाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

बैठकबाट नजिकिँदै गरेको चाडपर्वमा हुनसक्ने कालोबजारी र अस्वभाविक मूल्यवृद्धि रोकी सुपथ मूल्यमा गुणस्तरीय सामग्रीको खरिदको व्यवस्था मिलाउन, अव्यवस्थित सवारी साधनको उचित पार्किङको व्यवस्था मिलाउन र चाडपर्वमा समाजमा हुने मदिराको जथाभावी बिक्री वितरण रोकी यात्रुको बढ्दो चहलपहलको उचित व्यवस्थापन गर्न माग गरिएको छ ।