logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीमा आज एकैदिन दुईवटा विद्यालयको भवन उद्घाटन


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमती नगरपालिकामा शुक्रबार एकैदिन दुईवटा विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

प्रदेशसभा सदस्य जवाहारलाल कुशवाह र मेयर भरतकुमार थापाले संयुक्त रुपमा जनता माध्यमिक विद्यालय सोल्टीबजार बागमती ५ राजघाटको १२ कोठे विद्यालय भवन उद्घाटन गरे । सोही अवसरमा विद्यालयको शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाई दक्षता अभिवृद्धि गर्न शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको छ ।

यस्तै, शुक्रबार नै पशुपति सामुदायिक प्राथमिक विद्यालय बागमती नगरपालिका ११ कर्मैयाको नयाँ भवन पनि उद्घाटन गरिएको छ । मेयर थापाले विद्यालयमा निर्माण भएको १ तले ४ कोठे विद्यालय भवनको उद्घाटन गरेका हुन् ।