logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

असोज दोस्रो साता लागिसक्दा समेत गर्मी घटेन


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – असोज दोस्रो साता लागिसक्दा समेत सर्लाहीसहित तराई क्षेत्रमा अझै उस्तै गर्मी छ ।

दिनभर टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी भइनै रहेको हो । हिजो दिनभर यस क्षेत्रमा चर्को घाम र अत्यधिक गर्मी महसुस गरियो । आज पनि बिहानैदेखि चर्को घाम लागेर हपक्क गर्मी छ ।

अब चिसो बढ्दै जानुपर्नेमा त्यसो हुन सकेको छैन् । बिहानीपख केही मात्रामा चिसो पसेको छ ।

यो वर्ष धान पसाउने बेला वर्षालेसाथ नदिएको गुनासो किसानले गरेका छन् । अहिले धमाधम धान बाली पसाइरहेको छ । केही किसानको धान पसाएर नुंग्न समेत लागिसकेको छ । तर आकाशे वर्षाले साथ नदिँदा सिँचाई सुविधा नरहेको क्षेत्रका किसान निराश बनेका छन् ।

पप्पसेट चल्ने तथा कुलो र नहरको पानी लाग्ने क्षेत्रका किसानले भने पानी पटाइरहेका छन् । केही दिनअघि यस क्षेत्रमा सामान्य वर्षा भएपनि अधिकांश क्षेत्रमा खण्डवृष्टि भएको थियो ।