मलंगवा – आजबाट दिउँसोको समयमा कफ्र्यु हटाइएपछि सदरमुकाम मलंगवामा मानिसको चहलपहल बढ्दै गएको छ ।
पैदल, साइकल तथा मोटरसाइकलमा मानिस ओहोरदोहोर गर्न थालेका हुन् । किरानालगायतका अन्य पसल पनि खुल्न थालेका छन् ।
४ दिनपछि कफ्र्यु खुल्दा स्थानीयले राहत महसुस गरेका छन् ।
सार्वजनिक यातायात भने चलेका छैनन् । अब भोलीदेखि सबै गाडी चल्ने अपेक्षा गरिएको छ ।
आज बिहान सुरक्षा समितिका पदाधिकारीसमेतको बैठकले दिनभर कफ्र्यु हटाउने र राति ८ बजेदेखि बिहान ४ बजेसम्म भने यथावत् राख्ने निर्णय गरेको छ ।