logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भ्रष्टाचार नियन्त्रण गर्न हरिपुरमा अख्तियारको अन्तरक्रिया


  • उज्यालो अभियान

हरिपुर – सर्लाही जिल्ला समेत हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले सोमबार हरिपुरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्वन्धी अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

कार्यालयले हरिपुर नगरपालिकाको सभा हलमा नगरभित्रका जनप्रतिनिधि, कर्मचारी र स्थानीय अगुवालाई भेला पारेर अन्तक्र्रिया गरेको हो । कार्यक्रममा प्रस्तुतिकरण दिँदै अख्तियार बर्दिवास कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद हुमागाईले गएको आर्थिक वर्ष २०७९÷०८० मा हरिपुर नगरभित्रका १३ वटा उजुरी अख्तियारमा परेका जानकारी गराए ।

ती उजुरीको छानविन जारी नै रहेको उहाँले बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा सहयोग गरिदिन कार्यक्रममा उपस्थिति सबैसँग आग्रह गरे ।

कार्यक्रममा हरिपुर नगरपालिकाका मेयर गोपाल पन्जियार, उपमेयर निलमदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलसहित अन्यको उपस्थिति रहेको थियो । सहभागीले अख्तियारमा परेका उजुरी, नगरपालिकामा भए गरेका काम कारवाहीलाई जोडेर अख्तियारले गर्नुपर्ने अनुसन्धानलगायतको विषयमा जिज्ञाशा राखेका छन् ।