मलंगवा ३ को स्थिति । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – कफर्यु लगाउँदा समेत सदरमुकाम मलंगवामा शुक्रबार पनि प्रर्दशन रोकिएको छैन् ।
गणेश पूजाको मूर्ति विर्सजन गर्ने लैजाने क्रममा विवाद भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि कफ्र्यु लगाएको छ । तर ढुंगामुढा र प्रदर्शन नरोकिएपछि शुक्रबार दिउँसो प्रहरीले २३ शेल अश्रुग्याँस प्रहार गरेको छ ।
अहिले जिल्ला प्रशासन कार्यालयमा दुवै समुदायका अगुवासहित सर्वदलिय/सर्वपक्षिय बैठक बसिरहेको छ ।