लुटपाट भएको घर । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – लालबन्दी नगरपालिका ५ स्थित शान्तिटोलमा रहेको रामचन्द्र ठाकुरको घरमा भएको लुटपाट घटनाको प्रहरीले अनुसन्धान जारी राखेको छ ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) नरेशराज सुवेदीले बिहीबार ५ बजेसम्म घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको र अहिलेसम्म कोही पनि पक्राउ नपरेका उज्यालो अभियानसँग बताए । उनका अनुसार घटनास्थलदेखि ३ सय मिटर दक्षिणमा एक थान चक्कु बरामद भएको छ ।
लालबन्दी ५ को वडा कार्यालय र सामुदायिक रेडियो एकताको कार्यालय नजिक लुटपाट भएको हो । ५/६ जनाको समूहमा रहेका लुटेराले घरधनी ठाकुरको टाउकोमा चक्कु प्रहार गरेर लुटेका छन् ।
घाइते ठाकुर उपचारपछि बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल बरामद गरेको छ ।