logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाल विवाह न्यूनिकरण गर्न अध्ययन गरिने


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकामा बाल विवाह न्यूनिकरणका लागि अध्ययन गरिने भएको छ ।

ग्रामीण नारी उत्थान संघले सेद द चिड्रेनसँगको सहकार्यमा यि दुई पालिकामा बाल विवाह न्यूनिकरणका लागि अध्ययन गरी नयाँ परियोजन लागू गर्ने प्रयास थालेको हो । त्यस अन्तर्गत बिहीबार हरिपुर नगरपालिकाका सरोकारवालासँग बागमतीमा बाल विवाह न्यूनिकरणका लागि सरोकारवालासँग कार्यशाला गोष्ठी गरिएको छ ।

बाल विवाहको अवस्था, त्यसको न्यूनिकरण गर्ने उपाय, जवरजस्ती गरिने विवाहलगायतको नियन्त्रणका लागि सेभसँग समन्वय गरी ग्रामीण नारी उत्थानले काम गर्न लागेको संस्थाका उपाध्यक्ष विष्णु प्रसाद चालिसेले जानकारी दिए । बिहीबार हरिपुरका सरोकारवालासँग मेयर गोपाल पन्जियारको प्रमुख आतिथ्यतामा अन्तक्र्रिया गरिएको हो ।

सेभकी रचना थापाले कार्यक्रम लागू गर्न सबै पक्षलाई समेटेर अध्ययन गरिने बताईन् ।