मलंगवा – संविधान दिवसको अवसरमा बुधबार साँझ सर्लाहीका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।
मलंगवाको शहीद चोक, जिल्ला प्रशासनसहित अन्य सरकारी कार्यालयमा दीप प्रज्वलन गरिएको छ । लालबन्दीमा माओवादी केन्द्र, एमाले, समाजवादीलगायतका पार्टीले दीप प्रज्वलन गरेक छन् ।
बरहथवामा पूर्वमन्त्री हरिप्रसाद उप्रेतीसहितको उपस्थितिमा नगरपालिका परिसरमा दीप प्रज्वलन गरिएको छ । जिल्लाका अन्य पालिका, बजार, चोक, चौतारामा पनि दीप प्रज्वलन भइरहेका हाम्रा संवाददाताले जनाएका छन् ।