मलंगवा – सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले असोज ३, कालो दिन भन्दै संविधान संशोधनको माग राख्दै मलंगवामा बुधबार दिउँसो प्रदर्शन गरेको छ ।
लोसपाका जिल्ला उपाध्यक्ष मोहम्मद हुसेन खानले सत्तामा भएपनि संविधानप्रति आफूहरुको केही असन्तुष्टी कायमै रहेको बताए । उनकै नेतृत्वमा कालोझण्डा र पट्टी बाँधेर प्रदर्शन गरिएको हो ।
पटक–पटक यही संविधानलाई मानेर सरकारमा गएको र अहिलेको सरकारमा पनि रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि यो संविधानप्रति विमती जनाइरहेको छ ।
जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र राय संविधान दिवसमा आफूहरुसँग हर्ष तथा विस्मत केही नरहेको प्रतिक्रिया दिए । उनले संविधानमा सकात्मक सुधार भइरहेको बताए ।