मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा मंगलबार दिउँसो कडा सुरक्षाका बीच विश्वकर्मा पूजाको मूर्ति विर्सजन गरिएको छ ।
केही दिनअघि श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा झडप भई केही दिन तनाव सिर्जना भएकाले मंगलबार विश्वकर्मा पूजाको मूर्ति सेलाउने क्रममा ठूलो संख्यामा प्रहरी खटाइएको हो । सर्लाही प्रहरीका प्रवक्ता दीपेन्द्र पन्जियार थारुका अनुसार करिव २ सय प्रहरी परिचालन गरी मूर्ति विर्सजनस्थलसम्म सुरक्षा पहरा दिइएको छ ।
मूर्ति विर्सजनकै क्रममा मंगलबार दिउँसो केहीबेर ब्रम्हपुरी गाउँपालिकामा तनाव उत्पन्न भएको थियो । तत्काल प्रहरीले स्थिति नियन्त्रणमा लिएको डीएसपी थारुले बताए ।