logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, चालक फरार


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

मलंगवा – सदरमुकाम मलंगवामा सोमबार मध्यान्ह मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।

मलंगवा नगरपालिका वडा नं. ४ मा उत्तरबाट दक्षिणतर्फ गइरहेको नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामदर्शन पासवानकी छोरी ४ वर्षीया नन्दनी कुमारीको ज्यान गएको हो । बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

दुर्घटनापछि मोटरसाइकलसहित चालक फरार भएका छन् । उनको खोजतलास जारी रहेको प्रहरीले जनायो ।