logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बयलवास बजारमा बेवारिसे अवस्थामा लोड गरिएको कटुवा पेस्तोल बरामद


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

बयलवास — सर्लाहीको बयलबास बजारबाट बेवारिसे अवस्थामा गोली लोड गरिएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ ।

ईश्वरपुर नगरपालिका–६ बयलबास बजारस्थित सडकमा फालेको अवस्थामा गोली लोड गरिएको कटुवा बरामद गरिएको हो । सडकमा पेस्तोलजस्तो वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय केशरगंजमा जानकारी गराएका थिए ।

लगतै घटनास्थल पुगेका प्रहरीले कटुवा बरमद गर्दा गोली पनि लोड भएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले लोड गरिएको कटुवाले कुनै अपराधिक व्यक्तिले घटना घटाउने उद्देश्य बनाएको हुनसक्ने आकलन गर्दै थप बुझ्ने काम भइरहेको बताए ।