logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

छतबाट खसेर युवकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

चक्रघट्टा – सर्लाहीको औरहीमा आफ्नै घरको छतबाट खसेर युवकको मृत्यु भएको छ ।

चक्रघट्टा गाउँपालिका–८ औरहीका ३० वर्षीय मुकेश महतोको छतबाट खसेर ज्यान गएको हो । आइतबार राती आफ्नै घरको छतमा पुगेका महतो खसेर सख्त घाइते भएपछि उपचारका लागि आफन्तले सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याएका थिए ।

महतोको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।