logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा पनि राष्ट्रिय बालअधिकार दिवस मनाइयो


  • उज्यालो अभियान

हरिवन – ५९ औं राष्ट्रिय बालअधिकार दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी सर्लाहीसहित देशैभर मनाइएको छ ।

दिवसका अवसरमा जिल्लामा विभिन्न पालिका, संघसंस्था, विद्यालयलगायतले ¥याली, सडक नाटक, वतृत्वकलालगायतका कार्यक्रम गरेका छन् । महादेव जनता माध्यमिक विद्यालयले हरिवन चोकमा लागूऔषध दुव्र्यसन तथा सामाजिक सन्जालको दुरुपयोग सम्वन्धी सडक नाटक देखाएको छ ।

त्यस्तै, लालबन्दी नगरपालिकाको पुरानो कार्यालय भवनमा वतृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । लालबन्दीमै बाल संरक्षण संस्थाबाट २१ जना बालबालिकाले छात्रावृत्ति स्वरुप विद्यालय पोसाक, झोला, कापी, कलमलगायतका सामग्री प्राप्त गरेका छन् ।

ग्रामीण नारी उत्थान संघले जुडी जनता प्राबी खैराका अति विपन्न बालबालिकालाई १० थान झोला तथा कापी कलम, सोही गाउँका अपाङ्गता भएका अभिनास मण्डललाई एक थान ह्विल चेयर प्रदान गरेका छ । जिल्लाका २० वटै पालिकामा विभिन्न सामाजिक संघसंस्थाले बाल अधिकार दिवसको अवसरमा विविध कार्यक्रम गरेका हाम्रा संवाददाताले जनाएका छन् ।

बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ यो दिवस जिल्लाभरी मनाइएको हो । विद्यालयमा बालबालिकाको भर्ना दर ९७ प्रतिशत पु¥याएको सरकारले दावी गरेपनि ६० हजार बालबालिका अझै पनि प्राथमिक शिक्षाको पहुँच बाहिर रहेको विभिन्न अध्ययनले देखाएको छ ।

ठूलो संख्यामा बालबालिका प्राथमिक शिक्षाको पहुँचमा पुग्न नसक्ने र अधिकांशले विचमै पढाई छाड्ने समस्याका कारण शैक्षिक क्षेत्रमा असन्तुलन बढेको सरोकारवालाले बताएका छन । यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समेत पहुँच पुग्न सकेको छैन ।

बालविवाह, हिंसा, शोषणा र यौन दुव्र्यवहारका घटनामा समेत कमि आउन सकेको छैन । नेपाल बालबालिका स्थिती २०७९ को प्रतिवेदनका अनुसार अहिले पनि नवजात शिशु मृत्युदर प्रति १ हजारमा १६ जना, शिशु मृत्युदर २५, र बाल मृत्युदर २८ रहेको छ ।

३ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको अध्ययनले देखाएको छ । यस्तै, सर्लाहीमा तामझामका साथ बाल अधिकार दिवस मनाइरहँदा यहाँको होटल, ग्यारेज, इँटा भट्टा र सवारी साधनमा स–साना बालबालिका पढाई तथा परिवार छोडेर निकृष्ट श्रम गर्न बाध्य भइरहेका छन् ।