logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नेम्वाङप्रति श्रद्धान्जली व्यक्त गर्दै कालिन्जोरमा दीप प्रज्वलन


  • उज्यालो अभियान

कालिन्जोर – पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धान्जली व्यक्त गर्दै बिहीबार साँझ सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा दीप प्रज्वलन गरिएको छ ।

नेकपा एमाले निकट स्थानीय युवा विद्यार्थीको आयोजनामा कालिन्जोरस्थित सुखिपुर चौतारामा स्वर्गिय नेम्वाङको तस्बिर राखेर माल्यार्पणसहित दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा ईश्वरपुरका पूर्व मेयर तथा नेकपा एमाले मधेश प्रदेश कमिटीका सदस्य मनोजकुमार देवकोटा, कालिन्जोरका वडाध्यक्ष देवीबहादुर खत्री, अन्य जनप्रतिनिधि, पार्टीका नेता कार्यकर्ता र स्थानीय वासिन्दा सहभागी भई नेम्वाङप्रति श्रद्धान्जली व्यक्त गरेका अनेरास्ववियु सर्लाहीका सह–सचिव दिलिपकुमार बुढाथोकीले जानकारी दिए ।

गत सोमबार राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएका नेम्वाङको बिहीबार मात्रै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।