logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेकपा एसको जिल्ला इन्चार्जमा पौडेल मनोनित, लुंगेली, बैठा र लामालाई सह–इन्चार्जको जिम्मेवारी


  • उज्यालो अभियान

हरिवन – नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीको इन्चार्जमा लक्ष्मण पौडेल मनोनित भएका छन् ।

भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जानकारी गराउँदा बागमती नगरपालिका निवासी पौडेलले जिल्ला इन्चार्जसँगै सर्लाही क्षेत्र नं. ३ को इन्चार्जको जिम्मेवारी पनि पाएका हुन् । पौडेल पार्टीको स्थायी कमिटी सदस्य समेत हुन् ।

यस्तै, केन्द्रिय कमिटी सदस्य बेची लुंगेली, पोलिटब्यूरो सदस्य रवीन्द्र बैठा धोवी र जिल्ला अध्यक्ष सुरेन्द्र लामाले जिल्ला सह–इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यसको अलवा लालबन्दी निवासी लुंगेलीलाई क्षेत्र नं. १ को इन्चार्ज, पर्सा गाउँपालिका निवासी बैठालाई क्षेत्र नं. २ को इन्चार्ज र हरिवन निवासी लामालाई ४ नं. क्षेत्रको इन्चार्जको जिम्मेवारी दिइएको छ ।