हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२, स्थित ग्रामीण नारी उत्थान संघको प्राङ्गणमा आयोजित एक दिने निःशुल्क आँखा शिविरमा ३ सय २५ जनाको आँखा परीक्षण गरिएको छ ।
सो संस्थाले सामुदायिक आँखा अस्पताल हेटौंडासँग समन्वय गरी आँखा शिविर राखेको हो । शिविरमा ५८ जना मोतिया विन्दुका बिरामी फेला परेका छन् ।
उनीहरु सबैलाई हेटौंडा नै लगेर निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको संस्थाका उपाध्यक्ष विष्णु प्रसाद चालिसेले जानकारी दिए ।