प्रतिकात्मक तस्बिर ।
घनश्याम बलम्पाकी, सोल्टी – सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि बिहीवार बिहान एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
बागमती नगरपालिका ८ गाजलीचोकस्थित राजघाटबाट सोल्टी आइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटको समनपुर जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटर साइकल एक आपसमा ठोकिँदा बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका ८ शंकरपुरका ५० बर्षिय गणेश कार्की गम्भिर घाइते भइ हरिवनस्थित सरस्वती हस्पिटल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।
अर्काे मोटरसाइकल सवार हरिवन नग।पालिका १ का ३२ बर्षिय मुकेश कुमार साह उनको श्रीमती २६ बर्षिया शान्ता कुमारी साह र ३ बर्षिया छोरी प्रिया कुमारी साह घाइते भएका छन् । प्रियाको टाउकोमा चोट लागेको छ । उनको अबस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
उनिहरुको हरिवन स्थित नमुना अस्पतालमा उपचार भैरहेको जनाएको छ । मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लाने तयारी भइरहेको जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ लामिछानेले बताए ।