logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवाबाट बिदा भए गौतम


  • उज्यालो अभियान

मलंगवा – एक वर्षअघि मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई आएका गेहनाथ गौतम मंगलबार बिदा भएर गएका छन् ।

अन्यत्र सरुवा भएपछि मलंगवा नगरपालिकाले मंगलबार गौतमलाई बिदाई गरेर पठाएको हो । गौतम गएको वर्ष भदौ २७ गते नगरपालिकामा हाजिर भएका थिए ।

उनलाई मेयर नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा प्रदेश सभा सदस्य कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा बिदाई गरेर पठाइएको हो । गौतमलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा समेत विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीले बिदाई गरेका छन् ।

पछाडि परेको सदरमुकाम मलंगवा नगरपालिकामा गौतम कार्यालय प्रमुख भएर आएपछि विभिन्न सकारात्मक कार्य तथा परिवर्तन भएको भन्दै उनको प्रशंसा हुने गरेको छ ।