logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुरमा ४० जना महिला तथा अपाङ्गता भएका व्यक्ति सम्मानित


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुरमा मंगलबार अपाङ्गता भएका समेत गरी ४० जना महिलालाई सम्मान गरिएको छ ।

समुन्नत महिला मन्च नेपालले नेपाली नारीको महान चाड हरितालिका तिज २०८० को उपलक्ष्यमा महिला भएर शिक्षा, खेलकुद, स्वास्थ्यलगायत क्षेत्रमा योगदान गर्ने नगरभित्रका ३० जना महिलालाई सम्मान पत्र तथा अपाङ्गता भएका १० जना महिलालाई साडी प्रदान गरी सम्मान गरेको हो ।

ईश्वरपुर नगरपालिका ६ स्थित उद्योग वाणिज्य संघको सभाहलमा समुन्नत महिला मन्च नेपालकी अध्यक्ष सुनिता श्रेष्ठ आचार्यको अध्यक्षता तथा प्रदेश सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यता, ईश्वरपुरका मेयर मनोजकुमार आचार्य र उपमेयर रन्जिता देवी चौधरीको विशिष्ठ आतिथ्यतामा उनीहरुलाई सम्मान गरिएको संस्थाले जनायो ।

सोही अवसरमा तिजको दरखाने कार्यक्रम समेत गरिएको छ ।