logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम बदली, बिहानैदेखि सिमसिम पानी


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीको मौसम आज (मंगलबार) बिहानैबाट बदली भइरहेको छ ।

कतै सिमसिम पानी परिरहेको छ भने कतै धाम्मधुम्म भइरहेको हो । मौसममा आएको बदलीपछि गर्मी कम हुँदा यहाँका सर्वसाधारणले राहत महसुस गरेका छन् ।

यस्तै, काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो । यो प्रणालीको प्रभाव पश्चिमी क्षेत्रको तुलनामा पूर्व र मध्य क्षेत्रमा धेरै पर्ने मौसमविद् अधिकारीले बताए ।