लालबन्दी – सर्लाहीको लालबन्दीस्थित एनएमबी बैैंकको लालबन्दी शाखाले मंगलबार टेम्पो चालकलाई क्यूआर तथा यूभी रिफ्लेक्टर ज्याकेट वितरण कार्यक्रम गरेको छ ।
डिजिटल प्रावधान कार्यक्रम अन्तर्गत ‘नगद छोडौं, क्यूआर रोजौँ’ भन्ने मूल नाराका साथ क्यूआर वितरण तथा डिजिटल भुक्तानीबारे लालबन्दी बजार र फूलजोर चोकमा रहेका टेम्पो चालकलाई ब्यूआर तथा यूभी रिफ्लेक्टर ज्याकेट वितरण गरिएको हो । सो कार्यक्रममा झण्डै ४० जना टेम्पो चालकलाई क्यूआर तथा यूभी रिफ्लेक्टर ज्याकेट वितरण गरिएको बैंकका शाखा प्रवन्धक अरुण आचार्यले जानकारी दिए ।
बैंकले सजिलो क्यूआर कर्जा कार्यक्रम अन्तर्गत चालकलाई क्यूआर वितरण गरेको र जसमार्फत बिनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा समेत पाउने जनाएको छ ।