मलंगवा – सर्लाही सदरमुकाम मलंगवाको अवस्था आज सामान्य नै छ ।
हिजो बेलुका सर्वपक्षिय सद्भाव र्याली निकालेपछि पनि राति केहीबेर असहजस्थित सिर्जना भएको थियो । आज भने सामान्य अवस्था रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बजारका पसल केही खुलेका छन् । यातायात पूर्णरुपमा संचालन हुन सकेको छैन् । मलंगवा बजार क्षेत्रमा भदौ २७ गते रातिसम्म निषेधाज्ञा जारी गरिएको छ । तनावका कारण स्थानीय वासिन्दाको दैनिकी प्रभावित बनिरहेको छ ।
शुक्रबार साँझ श्रीकृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप भएदेखि मलंगवा अशान्त बनेको हो । कफ्र्यू हटाएर निषेधाज्ञा जारी गर्दा पनि बेलाबेलामा प्रदर्शन रोकिन सकेको छैन् ।
संभावित अप्रिय घटनालाई मध्यनजर गर्दै मलंगवा क्षेत्रमा शुक्रबार रातिदेखि नै व्यापक मात्रामा प्रहरी परिचालन भइरहेका छन् ।