logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवाको कर्फ्यू अहिले ८ बजेपछि हटाइने


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा हिजो बेलुकादेखि लगाइएको कर्फ्यूअहिले बिहान ८ बजेपछि हटाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले बजार क्षेत्रको अवस्था सामान्य रहेकाले ८ बजेपछि कर्फ्यू आदेश हटाइने उज्यालो अभियानसँग बताए । अस्ती शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको विवाद बढेर शुक्रबार राति र हिजो दिनभर तनावको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले गएसाँझ ५ बजेबाट कर्फ्यू आदेश जारी गरेको थियो ।

तनावका कारण हिजो दिनभर नै मलंगवा बजार खुलेन भने यातायातका कुनै पनि सवारी साधन संचालन हुन सकेनन ।

स्थानीय प्रशासन तथा हिजो मलंगवामै बसेको सर्वदलिय÷सर्वपक्षिय बैठकले सबैबीच सद्भाव र भाइचाराको वातावरण सिर्जना गर्न अनुरोध गरेको थियो ।