logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बिदाको दिन चलाइएका मोटरसाइकल युवासंघको नियन्त्रणमा


  • उज्यालो अभियान

लालन्दी – सर्लाहीको लालबन्दीमा शनिबार बिदाको दिन चलाइएको सरकारी नम्वर प्लेटको मोटरसाइकल नेकपा एमाले निकट युवा संघ नेपालले नियन्त्रणमा लिएको छ ।

सरकारी गाडीको दुरुपयोग गरी कुदाइएका केही सरकारी मोटरसाइकल युवासंघले नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएको हो । युवा संघ नेपालले अहिले देशैभर बिदाको दिन पनि व्यक्तिगत प्रयोगजनका लागि चलाइने सरकारी गाडी नियन्त्रणमा लिने अभियान नै चलाइरहेको छ ।

सर्लाहीमा शनिबार तथा अन्य बिदाको दिन मोटरसाइकल तथा अन्य सरकारी नम्वर प्लेटका गाडी कर्मचारीले आफ्नो व्यक्तिगत काममा प्रयोग गरिरहेको गुनासो व्यापक रुपमा आउने गरेको छ ।