logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाल कचरी कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुरमा शुक्रबार स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र बालबालिकाबीच संवाद कार्यक्रम (बाल कचरी) सम्पन्न भएको छ ।

ग्रामीण नारी उत्थान संघ र सेभ द चिडे«नको साझेदारीमा संचालित सिडा परियोजना अन्तर्गत बाल कचरी कार्यक्रम सम्पन्न भएको हो । नारायण माध्यमिक विद्यालय बयलवासमा भएको कार्यक्रममा मेयर मनोजकुमार आचार्य, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, योजना शाखा प्रमुख पुष्करमणि घिमिरे, शिक्षा शाखा प्रमुख हरि दाहाल, महिला, बालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख गायत्रीदेवी चौधरी, इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठ, नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक फडिाराज बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुस्तम मिकरानीलगायतको उपस्थिति थियो ।

सहभागी बालबालिका तथा विद्यार्थीले शिक्षा, स्वास्थ्य, सुरक्षालगायतको विषयमा राखेको जिज्ञाशा सहभागी अतिथीहरुले सम्वोधन गरे ।