logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सह–महामन्त्री यादवमाथि भएको आक्रमणको सर्लाही कांग्रेसद्वारा निन्दा


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांग्रेस सर्लाहीले पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौंमा भएको सांघातिक आक्रमणको निन्दा तथा भत्र्सना गरेको छ ।

धनुषा जिल्ला निवासी नेता यादवमाथि भृकुटीमण्डपमा दिउँसो खुकुरी प्रहार भएको थियो । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले बुधबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै आक्रमण गर्ने व्यक्ति र सुनियोजित घटनाको पछाडि हुनसक्ने जो कोहीलाई कडा कानूनी कारवाहीको माग गरेका छन् ।

सह–महामन्त्री यादवलाई भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले धारिलो हतियारबाट आक्रमण गरेका थिए । सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ ।

सापकोटाले आफूलाई राजावादी अभियन्ताको रुपमा चिनाउने गर्थे ।