logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पोखरीमा पानी पटाउन जाँदा करेन्ट लागेर मृत्यु


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको चन्द्रनगर गाउँपालिका–७, मा आज (बुधबार) बिहानै करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

माछापालन गरिरहेको आफ्नै पोखरीमा पानी पटाउन गएका ईश्वरपुर नगरपालिका–३, का ४० वर्षीय कौशलकिशोर चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ६ः३० बजेतिर पानी तान्ने मोटर चलाएर पानी पटाउन खोज्दा करेन्ट लागेर अचेत हुनुभएका चौधरीलाई उपचारका लागि बयलवासस्थित अमृत हेल्थ केयरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।

घटनाको कानुनि प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताए ।