logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

निजामती सेवा दिवसको अवसरमा लालबन्दीमा आज रक्तदान


  • उज्यालो अभियान

लालबन्दी – निजामती सेवा दिवस–२०८० को अवसरमा आज सर्लाहीको लालबन्दीमा रक्तदान कार्यक्रम हुँदै छ ।

लालबन्दी नगरपालिकाले कर्मचारी मिलन केन्द्र सर्लाहीसँग समन्वय गरी लालबन्दी नगरपालिका–७, स्थित जानकी माध्यमिक विद्यालय अगाडि राजमार्ग छेउमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदानका लागि लालबन्दी जेसीज, लायन्स क्लब अफ लालबन्दी सिटी, लायन्स क्लब अफ लालबन्दी सेन्चुरीसहितका सामाजिक संघसंस्थाले पनि साथ दिएका छन् ।

अहिले बिहानबाट सुरु हुने रक्तदान कार्यक्रम साँझ ५ बजेसम्म चल्ने छ । लालबन्दीमा रक्तदान कार्यक्रम सुभारम्भ गरेपश्चात अहिले बिहान नै जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा फलफूल वितरणको कार्यक्रम राखिएको कर्मचारी मिलन केन्द्र सर्लाहीका संयोजक सन्जय मानन्धरले जानकारी दिए ।

निजामती सेवा दिवस २२ गते परेको छ । दिवसका अवसरमा आजदेखि २२ गतेसम्म नै विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।