logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बाल संरक्षण संस्थाको अध्यक्षमा पुनः राधा घिमिरे


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–९ मा रहेको बाल संरक्षण संस्थाको नेतृत्व पुनः राधा घिमिरेको काँधमा आइपुगेको छ ।

संस्थाको संस्थापक अध्यक्ष समेत रहनुभएकी घिमिरेले बीचमा केही वर्ष नेतृत्व छाडेकी थिईन् । संस्थाको आज (शनिबार) सम्पन्न २३ औँ वार्षिक साधारण सभाले घिमिरेलाई नै फेरि सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।

नवगठित कार्य समितिको उपाध्यक्षमा शोभा थापा, सचिवमा चन्द्रकला दर्जी, सहसचिवमा अनिता चौधरी, कोषाध्यक्षमा ज्ञानु बस्नेत, सदस्यहरुमा शारदा पौडेल, कुन्ती राय यादव, विमला बुढाथोकी, पोष्टकुमारी काफ्ले, मधु लम्साल र मधु परियार रहेका छन् ।

संस्थाकी अध्यक्ष मुना उपाध्यायको अध्यक्षता, मधेश प्रदेशसभाकी सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता र लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको विशिष्ठ आतिथ्यतामा संस्थाको साधारण सभा सम्पन्न भएको हो । सभाका वक्ताहरुले संस्थालाई पहिलेको जस्तै अवस्थामा संचालनका लागि नयाँ कार्य समिति सफल हुने विश्वास व्यक्त गरेका छन् ।