पत्थरकोट – राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।
आज (शनिबार) लालबन्दी नगरपालिका १३ पत्थरकोटस्थित होलीडे रिर्सोटमा सम्पन्न चौंथो जिल्ला अधिवेशनले उदयबहादुर बुढाथोकी अध्यक्ष रहने गरी एन–प्याब्सन सर्लाहीको ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा श्रीलाल क्यापछाकी मगर, सचिवमा रवीकुमार राय, कोषाध्यक्षमा रामआधार यादव, सदस्यहरुमा रामपुजन साह, रामप्रवेश यादव, सरोजकुमार यादव, रोशन बराईली र शिवसागर चौधरी रहेका छन् ।
एन–प्याब्सनका केन्द्रिय उपाध्यक्ष बिजेन्द्र मिश्राको प्रमुख आतिथ्यता तथा मधेश प्रदेश अध्यक्ष नन्दन यादवको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । एन–प्याब्सनमा जिल्लाका ३५ वटा निजी विद्यालय आवद्ध छन् ।