logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

डीएसपी सरुवा : पन्जियारको यहीँ दरबन्दी, राईलाई नक्साल पठाइयो


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुको यहीँ दरबन्दी कायम भएको छ ।

थारु नेपाल प्रहरी विपद् व्यवस्थपन कार्यालय विपद् अभिलेख तथा विश्लेषण शाखा सामाखुसीमा दरबन्दी भएपनि केही महिनादेखि जिल्ला प्रहरी कार्यालयमा दोस्रो वरियताको प्रहरी अधिकृतको रुपमा काजमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले शनिबार १२० जना डीएसपीको सरुवा गर्दा थारुको यहीँ दरबन्दी कायम भएको हो ।

यस्तै, जिल्ला प्रहरी कार्यालयमै तेस्रो वरियताको रुपमा कार्यरत डीएसपी कैलाश राईको प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो उपत्यका सेक्टर नक्साल, काठमाडौंमा सरुवा भएको छ । राईको यसअघि यहीँ दरबन्दी थियो । राईको यहाँबाट सरुवा गरिएपछि जिल्ला प्रहरीमा अब फेरि डीएसपी थारु मात्रै रहनुहुने छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय बरहथवामा केही महिनादेखि काजमा कार्यरत डीएसपी लीलाराज लामिछानेको यहीँ काज दरबन्दी कायमै छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट मधेश प्रदेश प्रहरी गण जनकपुर, धनुषामा दरबन्दी कायम भएपनि लामिछाने तत्काल बरहथवामै इन्चार्ज भएर बस्नेछन् ।

जिल्लाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पनि लालबन्दी वा हरिवनमा डीएसपी राख्ने चर्चा लामो समयदेखि चल्दै आएको छ । तर, अहिलेसम्म दरबन्दी कायम हुन सकेको छैन् ।