हरिवन – सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौली निवासी विद्यार्थी नेता आरती लामा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रिय अध्यक्षमा चयन भएकी छन् ।
काठमाडौंमा सम्पन्न स्थायी कमिटीको तेस्रो बैठकले लामालाई अध्यक्षको जिम्मेवारी दिएको हो । लामो यसअघि अनेरास्ववियूको महासचिव थिईन् ।
अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी राजनीति त्यागेपछि लामाले अध्यक्षको जिम्मेवारी पाएकी हुन् । लामा नेतृत्वको ३०१ सदस्यीय केन्द्रिय कमिटीले विद्यार्थी संगठनको २३ औँ राष्ट्रिय अधिवेशन गर्ने छ ।
लामा नेकपा एकीकृत समाजवादी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाकी छोरी हुन् ।