logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पाँचकुमार प्राथमिक विद्यालयमा सेनाको निःशुल्क शिविर


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका २ पाँचकुमार प्राथमिक विद्यालय पाँचकुमारीमा नेपाली सेनाले विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

सेनाको फिल्ड अस्पताल बर्दिवासबाट प्रमुख सेनानी डाक्टर कविता कर्माचार्यसहित मेडिकल टिम र भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति सूर्यबहादुर कार्की, गणका मेडिकल जनशक्ति, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि लगायतको उपस्थितिमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा सो विद्यालयमा अध्ययनरत १८२ जना छात्रछात्राको आँखा, कानसहित अन्य स्वास्थ्य परीक्षण निःशुल्क गरिएको छ । ती विद्यार्थीलाई जुकाको औषधि र अन्य रोगको औषधि समेत वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।